१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ७ शुक्रबार १७:oo:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

पल र मलिकाको ‘राधा पियारी’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १७:oo:oo

लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको म्युजिक भिडियो ‘राधा पियारी’ सार्वजनिक भएको छ। गीत शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियोमा मलिका महत र पल शाहको अभिनय छ। गीतको भिडियोमा सहकारीपीडितहरूको कथा प्रस्तुत गर्ने कोसिस गरिएको छ। डान्सिङ बिटको गीतमा मनोरञ्जनसँगै पीडितहरूको आवाज उठाइएको छ।

शान्ति श्री परियार र कृष्ण बिकेको आवाज रहेको गीतमा कृष्ण बिके स्वयंले शब्द र संगीत भरेका छन्। गीतको भिडियोमा जिबी अग्रको निर्देशन तथा नरेश बिसीको मिक्सिङ तथा मास्टरिङ छ।