१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
सौरभ यादव राजविराज
२o८१ भदौ ७ शुक्रबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बसको ठक्करबाट युवकको मृत्यु भएपछि हनुमाननगर तनावग्रस्त [भिडियाेसहित]

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १६:१६:oo

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ५ योगिनियामा बसको ठक्करबाट बिहीबार एक युवकको मृत्यु भएपछि हनुमाननगर बजार शुक्रबार बिहानैबाट तनावग्रस्त छ।

भारदह–राजविराज सडकखण्डमा पर्ने योगिनियामा बसको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानीयले आज शुक्रबार बिहानैबाट बजार बन्दसँगै सडक अवरुद्ध गरेका हुन्।‌

भारदहबाट राजविराजतर्फ आउँदै गरेको को.३०प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को.१ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलचालक हनुमाननगर कंकालिनी– ७ का २२ वर्षीय ध्रुप मण्डल गम्भीर घाइते भएका थिए। उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बिहीबार साँझदेखि नै विरोधमा उत्रिएका स्थानीयले दोषीलाई कानुनी कारबाहीसहित मृतक परिवारलाई क्षतिपूर्तिको माग गरिरहेका छन्।