१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३ सोमबार
  • Thursday, 12 September, 2024
भारतको राजिव गान्धि क्यान्सर अस्पतालको शय्यामा क्यान्सरको उपचार गराउँदै पीडित कस्तुरी साउद भुसाल
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३ सोमबार १६:२o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

जीवन बचाइदिन क्यान्सरपीडित कस्तुरीको अपिल

उपचारको लागि तत्काल १८ लाख भारु आवश्यक पर्ने चिकित्सकको भनाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३ सोमबार १६:२o:oo

क्यान्सरपीडित कस्तुरी अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर त्यही हुर्किएकी हुन्। उनले माइती जिल्लामा रहने सबै दाजुभाइ, दिदीबहिनी र विशेष गरी सन्धिखर्कनिवासी सहयोगी मनहरूलाई आर्थिक सहयोगको लागि विशेष अपिल गरेकी छिन्। 

क्यान्सरपीडित कस्तुरी साउद भुसालले आफ्नो जीवन बचाइदिन देश-विदेशमा रहेका सबै नेपालीसामु अपिल गरेकी छिन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० झलारी स्थायी घर भएकी ३५ वर्षीया कस्तुरी विगत ८ वर्षदेखि कोलोन क्यान्सरबाट (ठुलो आन्द्राको)  पीडित छिन्।

कोलोन क्यान्सरबाट बच्न पाँचपटक अपरेसन, मलद्वार पूर्ण रूपमा बन्द गरी दायाँ साइटमा द्वार

कोलोन क्यान्सरबाट बच्न उनले पाँचपटक अपरेसन गरिसकेकी छिन्। दिशा गर्ने मलद्वारमा समेत क्यान्सर देखिएपछि उनको मलद्वार नै पूर्ण रूपमा बन्द गरिएको छ। चिकित्सकले मलद्वारनजिकै दायाँ साइटबाट दिशा गर्ने द्वार खोली थैली राखिदिएका छन्।

उनले कोलोन क्यान्सरको उपचार भक्तपुर क्यान्सर अस्पताल र काठमाडौं मेडिकल कलेजमा गराउँदै आएकी थिइन्। क्यान्सर रोगबाट बच्न पटक-पटक अपरेसन गरिसकेकी उनले नियमित 'केमो थेरापी' र 'रेडियो थेरापी' गराएकी थिइन्। उनले २२ वटा केमो र ३० पटक रेडियो थेरापी गरिसकेकी छिन्।

फोक्सोको क्यान्सर

कोलोन क्यान्सरको अपरेसनपछि उनको स्वास्थ्य सामान्य अवस्थामा फर्किएको थियो। उनी नियमित रूपमा चिकित्सकको निगरानीमै थिइन्। ब्लडको रिपोर्ट पनि सामान्य नै थियो। तर, पछिल्लो समय उनमा अचानक पेट दुख्ने समस्या देखिन थाल्यो। आफ्नो समस्या उनले चिकित्सकलाई बताउँदै आएकी थिइन्। चिकित्सकले उनलाई एकपटक 'पेटसिटी' (होलबोडी स्क्यान) गराउन सल्लाह दिएका थिए। चिकित्सकको सल्लाहअनुसार नै उनी 'पेटसिटी' गराउन भनी भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा पुगिन्। 'पेटसिटी' गराउँदा उनमा फोक्सोको क्यान्सर देखिएको छ। हाल उनले भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरकाे उपचार गराउँदै छिन्।

आठ वर्षसम्म उपचार गराउँदा सबै पैसा सकियो

छैटाैँपटक क्यान्सरको अपरेसन गर्दैगर्दा उनले राजीव गान्धी क्यान्सर अस्पतालको शय्याबाट सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, 'हे ईश्वर ! सक्छौ भने मलाई अझै दु:ख देऊ।' 

'आजसम्म परिवार, माइती र दिदीबहिनीको सहयोगबाट उपचार गराउँदै आएकी थिएँ,' उनले भनिन्, 'छोराछोरीको लागि भए पनि म बाँच्नुपर्छ भनेर आत्मबल दरिलो पारेकी थिएँ। आठ वर्षसम्म उपचार गराउँदा आफूसँग भएको सबै पैसा सकियो। अहिले थप उपचारका लागि पैसाको अभाव भएर देश-विदेशमा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीसँग सहयोगको अपिल गरेकी हुँ।'

तत्काल १८ लाख भारु चाहिने

राजीव गान्धी क्यान्सर अस्पतालले उपचारको लागि तत्काल १८ लाख भारु अर्थात् २८ लाख ८० हजार नेपाली चाहिने बताएको छ। यति ठूलो रकम संकलन गर्न नसक्ने बताउँदै उनले भनिन्, 'मैले कसरी यति ठूलो रकम जम्मा गरौँ? मेरो परिवारसँग भएको सबै पैसा उपचारमै सकियो । त्यसैले कृपया मेरो जीवन बचाइदिनका लागि मलाई आर्थिक सहयोग गर्नुहोला।' 

समयमा नै पैसा जम्मा गर्न सकेमा चिकित्सकले रोग निको पार्न सकिने बताएका छन्। उनका श्रीमान् नेपाली सेनाकाे तल्लो दर्जामा कार्यरत थिए। श्रीमतीको उपचारमा बढी समय दिनुपर्ने भएकाले बाध्य भएर उनले जागिरबाट बिदा हुनुपरेको छ।

क्यान्सरपीडित कस्तुरी अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर त्यही हुर्किएकी हुन्। उनले माइती जिल्लामा रहने सबै दाजुभाइ, दिदीबहिनी र विशेष गरी सन्धिखर्कनिवासी सहयोगी मनहरूलाई आर्थिक सहयोगको लागि विशेष रूपमा अपिल गरेकी छिन्। कस्तुरी सन्धिखर्क नगरपालिका वडा नं-१ हललाइन निवासी चुरामणी भुसालकी साइली छोरी हुन्।  

कस्तुरी भुसाललाई आर्थिक सहयोग गर्नका लागि काठमाडौंको कोटेश्वर शाखामा रहेको ग्लोबल आइएमई बैंकको खातामा रकम संकलन गर्न सकिनेछ। तपाईंहरूको सानो सहयोगले कस्तुरीले नयाँ जीवन पाउनेछिन्। 

सहयोगी मनहरूले यस नम्बरमा वा माथिको क्युआर कोडमा रकम जम्मा गर्न सक्नुहुनेछ :
बैंक : ग्लोबल आइएमई बैंक (कोटेश्वर शाखा)
खाता नं : ०३६०७०१००१०३१५
खाता वालाको नाम : कस्तुरी साउद भुसाल