Skip This
१७ हजार घुस लिने तीन प्राविधिक कर्मचारीलाई कैद र जरिवाना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २७ बिहीबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २७ बिहीबार २o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१७ हजार घुस लिने तीन प्राविधिक कर्मचारीलाई कैद र जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २७ बिहीबार २o:३७:oo

विशेष अदालतले तीनजना प्राविधिक कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ। बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रुपैयाँसहित पर्यटन विकास आयोजना इकाइ काठमाडौंमा कार्यरत दुईजना सबइन्जिनियरलाई नियन्त्रणमा लिएको थियो। राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरिएकामा उनीहरूले सोही कार्यालयमा कार्यरत इन्जिनियर राजीव बस्नेतले उक्त रकम लिन लगाएको बयान दिएका थिए। 

जसपछि अख्तियारले भट्टराई, अर्याल र बस्नेतलाई प्रतिवादी बनाई यसै वर्ष २१ असारमा मुद्दा चलाएको थियो। यस मुद्दामा तीनैजनालाई विशेषले दोषी ठहर्‍याएको हो। 

विशेषका अनुसार तीनैजनालाई जनही ३–३ महिना कैद सजाय भएको छ भने उनीहरूले बिगोको दामासाहीले हुन आउने रकम जरिवानाबापत तिर्नुपर्नेछ। तीनै प्रतिवादीबाट जनही २ सय २६ रुपैयाँ भराई पीडित राहत कोषमा जम्मा गर्न र घुसबापतको १७ हजार रुपैयाँ उजुरवालाले फिर्ता पाउने भएका छन्। 

अख्तियारका अनुसार निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी प्रयोजनका लागि बस्नेतले १७ हजार घुस मागेका थिए। उनले भट्टराई र अर्यालसँगको मिलेमतोमा उक्त रकम भ्रष्टाचार गरेको ठहर भएपछि सजाय सुनाइएको हो।