Skip This
एमाले सचिवालय बैठकमा दुई एजेन्डा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २७ बिहीबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २७ बिहीबार २२:४४:oo
Read Time : < 1 मिनेट
समाचार

एमाले सचिवालय बैठकमा दुई एजेन्डा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २७ बिहीबार २२:४४:oo

एमाले केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्दै छ । बैठकमा दुईवटा एजेन्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ । 

अधिकारीका अनुसार वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माण मुख्य एजेन्डामा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ । नेम्वाङको स्मृतिमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले उनको स्मृतिमा केन्द्रीय सचिवालय बैठकबाट प्रतिष्ठान निर्माणको निर्णय गर्ने जानकारी गराएका थिए । 

सचिवालयबाट वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी छ । १९ भदौमा सम्पन्न पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको थियो । बैठकले सुझावसहित पारित गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो ।