मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डन्डु शेर्पाले निजी खर्चमा पालिकाका ६ सयजनालाई न्यानो कपडा वितरण गरेका छन्।
मिक्वाखोला गाउँपालिकामा रहेका पाँचवटा वडाका अपांग, वृद्धवृद्धालाई पालिकाबाट पाउने सेवा सुविधाबाट घरघर पुगेर न्यानो कपडा वितरण गरेका हुन्। ‘क’ वर्गका अपांग करिब एक सय र ६८ वर्ष उमेर पुगेका पाँच सयजना वृद्ध–वृद्धाहरूलाई न्यानो कपडा वितरण गरेको उपाध्यक्ष शेर्पाले बताए।
पालिकाबाट पाउने मासिक ४० हजार र अपुग भएको रकम हालेर न्यानो कपडा बाँडेको जानकारी दिए। उनले शनिबार केही व्यक्तिलाई न्यानो कपडा वितरण गरेको र बाँकीलाई आइतबार वितरण गर्ने बताए। प्रत्येक घरमा पुगेर उनीहरूलाई न्यानो कपडा लगाई दिएएको उनले बताए। उक्त न्यानो कपडा एक थानको करिब एक हजार अर्थात् करिब ६ लाख परेका उनले बताए ।
न्यानो कपडा वितरणसँगै अपांग तथा वृद्धवृद्धाको स्वस्थ्य परीक्षणसमेत गरिएको उनले जानकारी दिए।