मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
गणेश लम्साल विराटनगर
२o८१ पौष ६ शनिबार १९:o९:oo
Read Time : > 1 मिनेट
समाचार

अलग्गै काउन्सिल गठन गर्न होमियो चिकित्सकको जोड  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार १९:o९:oo

अलग्गै काउन्सिल गठन भए मात्र नेपालमा होमियो चिकित्सा उपचार पद्धति व्यवस्थित रुपले विकास हुने देशीविदेशी विज्ञ चिकित्सकहरूले बताएका छन् ।

शनिवारदेखि विराटनगरमा सुरु भएको दुई दिने नेपाल–भारत होमियो चिकत्सा वैज्ञानिक शिखर सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरूले नेपालमा होमियो चिकित्सा पद्धतिको व्यवस्थित विकास गर्न अलग्गै काउन्सिल अति आवश्यक भएको जोड दिएका हुन् । 

होमियो चिकित्सामा विद्यावारिधि गरेका भारतका डा. फारुख जे मास्टरले अलग्गै काउन्सिल नभएसम्म होमियो चिकित्सा प्रणालीको विकास नहुने बताए । उनले भारतमा पनि होमियो चिकित्सा पद्धतिका लागि अलग्गै काउन्सिल रहेको बताए । 

भारतको पटनाबाट सहभागी विशेषज्ञ डा. एमके सहनीले नेपालमा होमियो चिकित्सालाई व्यवस्थित र विश्वासिलो बनाउन दक्ष चिकित्सकहरूले धेरै पहिलेदेखि अलग्गै काउन्सिल र शिक्षण अस्पतालको माग गर्दै आइरहे पनि पूरा नहुँदा आपेक्षाकृत गति लिन नसकेको बताए । 

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलग्गै काउन्सिल र शिक्षण अस्पतालबारे केन्द्र र प्रदेश सरकारले सोच्न ढिला गर्नु नहुने बताए । सम्मेलनको आयोजक नेपाल होमियोपेथिक चिकित्सा संघ विराटनगरका संस्थापक केन्द्रीय अध्यक्ष डा. जीवनप्रकाश रायले नेपालमा होमियो चिकित्सा पेशा र व्यावसायलाई व्यवस्थित गराउन २०४० सालदेखि नै अलग्गै काउन्सिल र अस्पतालको माग गर्दै आए पनि हालसम्म सुनवाइ नभएको गुनासो गरे ।

संस्थापक अध्यक्ष डा. जीवनप्रकाशका अनुसार अलग्गै काउन्सिल नभएसम्म नेपालमा होमियो चिकित्सामा हुने ठगी र विकृतीहरू नियन्त्रण गर्न नसकिने बताए । उनले काउन्सिल स्थापना भएपछि मात्र  नेपालमा होमियो चिकित्सा पद्धतिको विकासमा अध्ययन अनुसन्धान हुन थाल्ने र उपचार सेवा भरपर्दो र गुणस्तरीय बन्दै जाने बताए ।

होमियो चिकित्सक संघ विराटनगरका अध्यक्ष डा. रविन्द्र रायले होमियो काउन्सिल र शिक्षण अस्पताल अब नेपाली होमिया चिकित्सा क्षेत्रका लागि अपरिहार्य भैसकेकोले सरकारले गम्भीर चासो दिनुपर्नेमा जोड दिए । 

होमियो चिकित्सक डा. विष्णुप्रसाद मिश्रले सरकारले होमियो चिकित्सक र सेवालाई सधै उपेक्षा मात्रै गरिरहेको आरोप लगाए । उनका अनुसार मन्त्री र सचिवहरूले होमियो शिक्षा पद्धतिलाई नेपालको स्वास्थ्य नीतिमा शमावेश गर्ने, काउन्सिल स्थापना गराउने र व्यवस्थित शिक्षण अस्पताल सञ्चालन गराउने प्रतिबद्धता गर्दै आए पनि पूरा गरेका छैनन् । 
शिखर सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होमियो चिकित्सा वैज्ञानिक विश्वासिलो मात्र नभएर सस्तो उपचार पद्धति पनि भएकोले यसको विकासमा सरकारले बिशेष चासो दिइरहेको बताए । यसैका लागि प्रदेश सरकारले केही दरबन्दी पनि सृजना गरिसकेको जनाए । 

उनले नेपालमा होमियो काउन्सिल स्थापना गर्ने अधिकार केन्द्रलाई मात्र भएकोले त्यसका लागि केन्द्रीय सरकारसँग आवश्यक पहल गर्ने आश्वासन दिए । उनले आफ्नै प्रदेशमा होमियो शिक्षण अस्पताल र बोर्ड स्थापना गर्नेबारे चाँडै विज्ञको अध्ययन कार्यदल गठन गराउने र सोही प्रतिवेदनअनुसार सरकार अगाडी बढ्ने चिकित्सकहरू माँझ प्रतिबद्धता जनाए । आइतवार सम्म आयोजना हुने सम्मेलनमा नेपाल र भारतका दुई दर्जन विज्ञसहित तीन सयभन्दा बढी होमियो चिकित्सक सहभागी छन् ।