Skip This
लगानी बोर्डकाे सिइओमा सुशील ज्ञवाली नियुक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २७ बिहीबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २७ बिहीबार २२:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

लगानी बोर्डकाे सिइओमा सुशील ज्ञवाली नियुक्त

संविधान दिवसका दिनदेखि सर्बसाधरणले धरहराको निःशुल्क अवलोकन गर्न पाउने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २७ बिहीबार २२:५५:oo

सरकारले लगानी बोर्डको सिइओमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पुनर्निर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख ज्ञवालीलाई बोर्डको सिइओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै, ३ असोज संविधान दिवसको अवसर पारेर धरहरालाई सञ्चालन गर्ने निर्णय पनि गरेको छ । ‘सम्बन्धित मन्त्रालयले सञ्चालनसम्बन्धी कार्यविधि नबनाउँदासम्म संविधान दिवसको दिनबाट सर्वसाधारणले निःशुल्क अवलोकन गर्न पाउने गरी सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको छ,’ ती मन्त्रीले भने । धरहरा व्यवस्थापन तथा सञ्चालन कार्यविधि बनाउने काम सहरी विकास मन्त्रालयले गर्नेछ । 

बैठकले उद्योग वाणिज्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीलाई तथ्यांक कार्यालयमा सरुवा गरेको छ भने उनको स्थानमा गोविन्द कार्कीलाई सरुवा गर्ने निर्णय गरेको छ ।