- सन् १९११ : चर्चित वैज्ञानिक म्यारी क्युरीले रसायनशास्त्र विधामा दोस्रोपटक नोबेल पुरस्कार पाइन् ।
- सन् १८५७ : ओटावालाई क्यानडाको राजधानी घोषणा गर्यो ।
- सन् १८६१ : भारतको असमस्थित चेरापुन्जीमा २२ हजार ९९० मिलिमिटर पानी परेर विश्व रेकर्ड कायम भयो ।
- सन् १९६४ : इन्डोनेसिया संयुक्त राष्ट्र संघबाट निष्कासित भएको घोषणा भयो ।
- सन् १९७० : चिल्लीका राष्ट्रपति सल्भाडोर एलेन्डेले देशका कोइला खानीको राष्ट्रियकरण गरे ।
- सन् १९८३ : नाइजेरियामा भएको सैन्य कुमा सेहु सागारीको नागरिक सरकार अपदस्थ भयो । त्यसको ठाँउमा मेजर जनरल मुहमदु बुहारीको सरकार स्थापना भयो ।
- सन् १९८३ : ब्रुनाईले बेलायतबाट पूर्ण स्वतन्त्रता हासिल गर्यो ।
- सन् १९९९ : रुसका तत्कालीन राष्ट्रपति बोरिस यल्तसिनले पदबाट राजीनामा दिए । प्रधानमन्त्री भ्लादिमिर पुटिन देशका कार्यवाहक राष्ट्रपति बने ।
- सन् १९९९ : अमेरिकाले औपचारिक रूपमा पानामा नहरको नियन्त्रण सो नहर रहेको देश पानामालाई हस्तान्तरण गर्यो ।
- सन् २००४ : ताइबानले तत्कालीन सबैभन्दा अग्लो गगनचुम्मी भवन ‘ताइपेई १०१’को औपचारिक उद्घाटन गर्यो ।
- सन् २०१८ : सेख हसिना बंगलादेशको प्रधानमन्त्रीको रूपमा तेस्रोपटक निर्वाचित भइन् । यसै वर्षको अगस्टमा भएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि सत्ताच्युत हुन पुगेकी हसिना हाल भारतमा शरण लिइरहेकी छिन् ।
- सन् २०२० : विश्व स्वास्थ्य संगठनले पिफाइजर÷बायोएनटेकलाई कोभिड–१९ विरुद्धको आपत्कालीन खोपको रूपमा स्वीकृति दियो ।