१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३ सोमबार
  • Thursday, 12 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ भदौ ३ सोमबार १८:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले इन्द्रावती नदी आधा थुनियो, सतर्क रहन प्रशासनको अनुरोध

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ भदौ ३ सोमबार १८:२२:oo

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. १ बाँसखर्कको सालघारीमा सुक्खा पहिरोले इन्द्रावती नदी आधाजसो थुनिएको छ। गएराति २ बजेतिर इन्द्रावतीमा सुक्खा पहिरो खसेको हो।

घटनास्थलमा रहेका सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएको जानकारीअनुसार नदीको थोरै भाग थुनिएको हो। नदीले पहिरोलाई बगाइरहेकाले तत्काल खतरापूर्ण अवस्था नरहेको उनले बताए। ‘सुक्खा पहिरो हो। केही भाग खस्ने अवस्थामा पनि छ,’ उनले भने, ‘तर, बस्ती जोगाउन हामीले पूर्वतयारी गरिसकेका छौँ।’

सालघारीमाथिको ठूलो भाग चर्किएको र वर्षा पनि भएकाले खतरा टरिनसकेको उनले प्रस्ट्याए। पहिरो गएको स्थानमा नेपाली सेना, सशस्त्र र जनपद प्रहरी पुगेर सतर्कताका लागि आवश्यक तयारी पूरा गरेको छ।

सिन्धुपाल्चोक जिल्ला प्रशासनले तिपेनीभन्दा तलका बस्तीलाई सावधानी अपनाउन सूचित गरेको छ। नदी थुनिँदा पाँचपोखरी थाङपालको वडा नं. १ र ८ तथा मेलम्ची बजारलाई असर गर्ने भएकाले तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन प्रशासनले सूचना जारी गरेको छ।