१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
सौरभ यादव राजविराज
२o८१ भदौ ७ शुक्रबार १६:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदर्शनकारीले तोडफोड गरेपछि बिचसडकमै एम्बुलेन्स रोकेर चालक विरोधमा

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १६:o४:oo

सप्तरीका एम्बुलेन्सचालकहरूले राजविराजमा स्वास्थ्य कार्यालयअगाडि बिचसडकमै एम्बुलेन्स रोकेर सडक अवरुद्ध गरेका छन्।

राजविराजबाट बिरामी बोकेर पूर्वतर्फ लैजाँदै गर्दा हनुमाननगरमा आन्दोलनकारीहरूले एम्बुलेन्स तोडफोड गरेपछि एम्बुलेन्सचालकहरू विरोधमा उत्रिएका हुन्।

गर्भवती महिलालाई बोकेको स.१च १८१४ नम्बरको एम्बुलेन्समा आन्दोलनकारीहरूले तोडफोड गरेका एम्बुलेन्सचालक जबाहिर मन्सुरीले बताए।‌ आन्दोलनकारीहरूले एक एम्बुलेन्सचालक महिनारायण यादवलाई‌ कुटपिटसमेत गरेका र उनी गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत रहेका मन्सुरीले बताए।

हनुमाननगरमा बिहीबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयहरू आन्दोलनमा छन्। सो आन्दोलनमा संलग्नहरूले एम्बुलेन्ससमेत तोडफोड गरेपछि चालकहरू विरोधमा उत्रिएका हुन्।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी प्रवक्ता ढुण्डिराज न्यौपानेले आन्दोलनकारीहरूसँग छलफल भइरहेको बताए।