१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ भदौ १६ मंगलबार १८:५१:००
Read Time : < 1 मिनेट
प्रदेश

मोरङमा २२ भदौसम्म निषेधाज्ञा थपियो

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ भदौ १६ मंगलबार १८:५१:००

मोरङमा २२ भदौसम्मका लागि निषेधाज्ञा थपिएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले २२ भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको हो । 
निषेधाज्ञा थपे पनि अत्यावश्यक व्यवसाय सञ्चालन गर्ने समयावधि दिउँसो ४ बजेसम्मका लागि लम्ब्याएको छ । यसअघि प्रशासनले ११ भदौमा जारी गरेको निषेधाज्ञाअनुसार दिउँसो १२ बजेसम्म मात्रै यस्ता  व्यापार–व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । यसअघि जारी गरेको निषेधाज्ञा १६ भदौ राति १२ बजे सकिँदै थियो । 

मंगलबार जारी निषेधाज्ञाअनुसार २२ भदौ मध्यरातिसम्म निजी सवारीसाधन जोर–बिजोर गरी सञ्चालान हुन पाउनेछन् । साथै होटेल, रेस्टुरेन्टले पनि होम डेलिभरी सेवा दिन सक्नेछन् । तर, जिम क्लब, सैलुन, ब्युटिपार्लर, हाटबजार, कभर्ड हल भने बन्द नै रहनेछन् । 

मन्दिर, मस्जिद र गिर्जाघरहरूले सामाजिक दूरी कायम गरेर प्रार्थना गर्न पाउने छन् । तर, उत्सव, जात्रा आदि आयोजना गर्न पाउने छैनन् । सुरक्षा मापदण्ड कायम गरेर उद्योगहरू सञ्चालन हुन सक्नेछन् । १० वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई घरबाहिर निस्कन पूर्ण प्रतिबन्ध लगाइएको छ । 
प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा बुधबारसम्म कोरोना संक्रमितको कुल संख्या १४ सय ७२ पुगेको छ । जसमध्ये पाँच सय एकजना संक्रमित निको भइसकेका छन् । कोरोनाकै कारण हालसम्म मोरङमा १५ जनाको मृत्यु भइसकेको छ ।