मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ६ बुधबार o९:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शीतलनिवास र प्रधानमन्त्रीनिवास वरपर निषेधाज्ञा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार o९:१o:oo

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गएराति निषेधाज्ञाको आदेश जारी गर्दै यही मंसिर ५ गतेदेखि ३० दिनसम्म पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताए।   

जारी निषेधाज्ञामा शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुसी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण–पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ । यस्तै, बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुखनिवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

विशिष्ट व्यक्तिको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कार्यक्रम गर्दा आपसी शान्ति सुरक्षा भंग हुन सक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भएकाले सो क्षेत्रमा धर्ना, जुलुस गर्न रोक लगाइएको जनाइएको छ । यसअघि स्थानीय प्रशासनले माइतीघर–बानेश्वर र ललितपुरको पुल्चोक क्षेत्रमा निषेधको आदेश जारी गरिसकेको छ ।