१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ४ शुक्रबार १३:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुरकाे संविधान चोकआसपास एक साताका लागि निषेधाज्ञा जारी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:२२:oo

कञ्चनपुरको महेन्द्रनगर संविधान चोकआसपास एक साताका लागि निषेधाज्ञा जारी गरिएकाे छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका- ४ महेन्द्रनगर संविधान चोकआसपास २८ मंसिरदेखि ४ पुससम्म निषेधाज्ञा जारी गरेको हो।

बिहीबार राप्रपाले संविधान चोक क्षेत्रमा पूर्वराजा महेन्द्रको सालिक पुनर्स्थापना गर्ने तयारी अघि बढाइरहेका वेला आठ राजनीतिक दलले विरोध गरेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षा कडा पार्नका लागि सात दिनसम्म निषेधाज्ञा जारी गरेको छ। 

बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले स्थानीय प्रशासन ऐन, ०२८ अनुसार २८ मंसिरदेखि सात दिनसम्म निषेधाज्ञा जारी गरिएको छ।

संविधान चोक क्षेत्रमा सालिक स्थापना गर्न दिने/ नदिने विषयमा राजनीतिक दलहरूबीच मतभिन्नता आएको सन्दर्भमा सार्वजनिक शान्तिसुरक्षालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई सञ्चालन गर्न जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन ०२८को दफा ६(३) बमोजिम २८ मंसिरदेखि ४ पुषसम्म उक्त क्षेत्रमा पाँचजनाभन्दा बढी भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, आमसभाजस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। 

बिहीबार महेन्द्रनगरमा राप्रपाको आमसभा तथा ०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा तोडिएको राजा महेन्द्रको सालिक पुनर्स्थापना कार्यक्रमका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीसहित कञ्चनपुर आएका छन्। 

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले इतिहास राख्नका लागि सबैले पूर्वराजाको सालिक राख्न दिनुपर्ने माग अघि सारेका छन्। तर, ८ राजनीतिक दलहरूले ०७२ मा नयाँ संविधान जारी भए पनि राप्रपासहितकाे सर्वदलीय बैठकबाट उक्त स्थानमा संविधान चोकसहित गणतन्त्र स्मारक राख्ने निर्णय गरेको बताएका छन्। 

राप्रपाले पार्टी कार्यालयनजिकै सडकमै टेन्ट लगाएर कार्यक्रम गर्न लागेको छ। उक्त क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएकाे छ।
 

ad
ad