१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रमेश रावल सुर्खेत
२०७७ श्रावण १९ सोमबार १६:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

आइतबार शून्य कोराेना संक्रमित देखिएको कर्णालीमा सोमबार ६ जना संक्रमित

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ श्रावण १९ सोमबार १६:१३:००

आइतबार शून्य कोरोना संक्रमित देखिएको कर्णालीमा सोमबार ६ जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी नगरपालिकाका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत भेरीगंगा नगरपालिका– ४ का २२ वर्षीय पुरुष, वडा नं. ८ का २२ वर्षीया महिला, दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका–१ की २७ वर्षीया महिला, डुंगेश्वर गाउँपालिका–२ का २७ वर्षीय पुरुष र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा मुसिकोट नगरपालिका–१ की २४ वर्षीया महिला र सोही नगरपालिका ६ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । 

‘आइतबार शून्य संक्रमित रहेको कर्णालीमा सोमबार ६ जनामा कोरोना संक्रमणका बिरामी फेलापरेका छन्,’ उनले भने, ‘कर्णालीका कोरोना संत्रमितको संख्या १९ सय ४५ पुगेको छ ।’

त्यस्तै, कर्णाली प्रदेशका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट ६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएको डा. तिवारीले बताए । 

‘हाल सक्रिय संक्रमित बिरामी दुई सय ११ जना रहेका छन्,’ उनले भने, ‘हालसम्म कोरोना संक्रमण जित्नेको संख्या १७ सय २८ रहेको छ ।’