१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने आइएमई सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:१२:oo

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने आइएमई लिमिटेड सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष ०७९/८० मा  रेमिट्यान्स कम्पनीहरुमध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा  आइएमईलाई सम्मान गरेको हो।

राष्ट्र बैंकमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसापत्र प्रदान गरे।

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलनसमेतमा योगदान पुर्‍याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रशंसापत्र ग्रहण गर्दै आइएमई  लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकहरूलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिट्यान्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताए।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको  अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा रेमिट्यान्स कम्पनीहरूलाई सम्मानित गर्दै आएको छ।

ad
ad