१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस नयाँदिल्ली
२o८१ जेठ २ बुधबार १३:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

विश्वभर कोभिड–१९ का नयाँ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:o९:oo

पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो २८ दिनमा कोभिड संक्रमितको मृत्यु संख्या आठ प्रतिशतले कमी आई विश्वभर कुल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ।’

कोभिड–१९ सुरु भएयता डिसेम्बर १७ सम्ममा विश्वभर ७७ करोड २० लाखभन्दा बढी संक्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ।

कोभिड–१९ का एक लाख १८ हजारभन्दा बढी नयाँ अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियू)मा भर्ना भएका डब्लुएचओले जनाएको छ। डब्लुएचओले मानिसहरूलाई उपलब्ध सबै उपकरणहरू प्रयोग गरेर संक्रमण र गम्भीर रोगबाट बच्न उपायहरू अपनाउन सल्लाह दिएको छ।

यसमा भिडभाड, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउने, अरूबाट सुरक्षित दूरी कायम गर्ने, श्वासप्रश्वाससम्बन्धी नियम पालना गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, नियमित रूपमा हात सफा गर्ने, कुनै लक्षण देखिएमा वा कोभिड–१९ वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएको भए परीक्षण गर्नेजस्ता विषय समावेश छन्।

ad
ad