१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Wednesday, 03 July, 2024
२o८o मङ्सिर १७ आइतबार o७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

४३ वर्षमा बाँकेमा १७२ को एचआइभी संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार o७:२o:oo

एचआइभी एड्सका कारण बाँकेमा हालसम्म एक सय ७२ जनाले ज्यान गुमाएका छन् । ४३ वर्षको अवधिसम्म पाँच सय ५६ एचआइभी संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी एड्स फोकलपर्सन रवीन्द्र शाहले जानकारी दिए । यीमध्ये चार सय १२ जना बाँकेका हुन् ।

एचएचएफको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले पछिल्लो समय एचआइभी संक्रमण दर घटेको दाबी गरे । उनले आर्थिक वर्ष ०७८/७९ मा बाँकेमा ११ हजार सात सय ४५ जनाको एचआइभी परीक्षण गर्दा एक सय ५७ जनामा एचआइभी पुष्टि भएको जानकारी दिए । तर, आव ०७९/८० मा १७ हजार तीन सय २८ जनाको परीक्षण गर्दा एक सय नौजनामा एचआइभी पुष्टि भएको शाहले बताए । 

गर्भवती महिलामा पनि एचआइभी संक्रमण दर घटेको तथ्यांक छ । आव ०७९/८० मा जिल्लाका २१ हजार चार सय १६ जना जाँच गर्दा कसैमा पनि एचआइभी संक्रमण नदेखिएको उनले बताए । बाँकेमा जाँच भए पनि एचआइभी पुष्टि हुनेमा जिल्लाबाहिरका समेत भएको उनको भनाइ छ । ‘बाँकेमा आएर परीक्षण गराउनेको संख्या पनि उल्लेख्य छ । यहाँ पुष्टि भएकामध्ये केही बाहिरी जिल्लाका पनि छन्,’ उनले भने । 

भेरी अस्पतालले एचआइभी संक्रमितको उपचार र परीक्षण निःशुल्क गरिरहेको भेरी अस्पतालका ग्यास्ट्रोलोजिस्ट फिजिसियनसमेत रहेका एचआइभी एड्स फोकलपर्सन डा. संकेतकुमार रिसालले जानकारी दिए । उनले एचआइभी पुष्टि हुनेबित्तिकै एआरटी विधिमार्फत उपचार गरिएको बताए । अन्तरक्रियामा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सचेतना जगाउन विश्व एड्स दिवसका अवसरमा १ डिसेम्बरको बिहान नेपालगन्जमा सचेतनामूलक ¥याली निकालिने बताए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले एचआइभीबारे सर्वसाधारणलाई जानकारी दिन सके संक्रमण न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिन् । 

ad
ad
ad
ad