१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस/पिटिआई कलकत्ता
२०७७ जेठ ५ सोमबार १९:०७:००
Read Time : < 1 मिनेट
विश्व

भारतकाे पश्चिम बंगाल राज्यमा लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी

Read Time : < 1 मिनेट
रासस/पिटिआई कलकत्ता
२०७७ जेठ ५ सोमबार १९:०७:००

भारतको पश्चिम बंगालमा लकडाउनको स्वरूप परिवर्तन गरिने भएको छ ।  

चौथो चरणको लकडाउन लागू भएसँगै सोमबार सूचना जारी गरेर त्यसको स्वरूपमा परिवर्तन गर्न लागिएको उच्च अधिकारीहरूले जनाएका छन् । 

भारतको केन्द्रीय सरकारले  चौथोपटक आइतबार लकडाउनको अवधि दुई हप्ता बढाएर ३१ मेसम्म कायम गरेकाे छ । 

‘केन्द्रीय गृह मन्त्रालयले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ, त्यहीअनुसार लकडाउनको स्वरूपमा केही परिवर्तन गर्न लागिएको छ, त्यसका लागि प्रदेश सरकारले सूचना जारी गर्न लागेको छ,’ वरिष्ठ एक सरकारी अधिकारीले भने । 

छुट्टै रहेका पसलहरू र हरित क्षेत्र मानिएको क्षेत्रमा बिहान ७ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने उनीहरूको भनाइ छ । 

मुख्यमन्त्री ममता बनर्जीले लकडाउनको स्वरूप परिवर्तन गर्ने र उच्च सतर्कता अपनाउँदै केही कामहरू गर्न दिने निर्णय गरिएको अघिल्लो हप्ता नै जानकारी दिएकी थिइन् । 

सरकारी अधिकारीहरूका अनुसार आइतबारसम्ममा पश्चिम बंगालमा कोरोना भाइरसका कारण एक सय ६६ जनाको मृत्यु भएको छ भने दुई हजार ६ सय ७७ जना सङ्क्रमित भएका छन् ।