Skip This
उपत्यकामा जारी स्मार्ट लकडाउनमा थप कडाइ, माघ १५ सम्म यी क्षेत्र बन्द (आदेशसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Tuesday, 13 May, 2025
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ४ मंगलबार १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकामा जारी स्मार्ट लकडाउनमा थप कडाइ, माघ १५ सम्म यी क्षेत्र बन्द (आदेशसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार १५:४८:oo

काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा–सम्मेलन, आमभेलाजस्ता एकै ठाउँमा धेरै मानिसको उपस्थिति रहने गतिविधिमा प्रशासनले रोक लगाएको छ। मंगलबार मध्यरातदेखि लागू हुने गरी उपत्यकाका तीनवटै जिल्ला प्रशासनले स्मार्ट लकडाउनलाई कडाइ गर्दै यस्तो आदेश जारी गरेका हुन्।

प्रशासनले गोष्ठी, भेला, सेमिनार, बैठक, समीक्षाजस्ता कार्यक्रम तथा क्रियाकलापहरू पनि नगर्न निर्देशन जारी गरेको छ। यस्ता कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्न प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ।

मंगलबार जारी आदेशमा भौतिक रूपमा कुनै कार्यक्रम तथा गतिविधि गर्नुपरेमा २५ जनाभन्दा बढीलाई सहभागी नगराउन र स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न प्रशासनले निर्देशन दिएको छ।

यसबाहेक माघ १५ गतेसम्मका लागि  विद्यालय, सिनेमा हल, दोहोरी साँझ, डान्सबार, नाचघर, क्लब, जिमखानाजस्ता ठाउँहरू प्रशासनले बन्द गर्न आदेश दिएको छ। धार्मिक कार्यक्रम गर्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताइएको छ। प्रशासनले यसअघि नै माघ ७ गतेदेखि सार्वजनिक स्थलमा अनिवार्य खोप कार्ड देखाउनुपर्ने नियम जारी गरिसकेको छ।