१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१६औँ योजनाले देशको सर्वाङ्गीण विकासको थालनी गर्नेछ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:४६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने १६औँ आवधिक योजनाले देशको सर्वाङ्गीण विकासको थालनी गर्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित राष्ट्रिय विकास परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष प्रचण्डलले विगतको योजना तर्जुमा र कार्यान्वयनको अनुभवलाई ध्यानमा राखी १६औँ योजना बनाइएको बताए ।

‘१६औँ योजनाको दस्ताबेजले नेपालको विकास प्रक्रियामा देखिएका मूलभूत सवाल तथा चुनौती स्पष्ट रूपमा पहिचान गरेको छ, परम्परागत शैलीको निरन्तरताबाट राष्ट्रिय विकासको लक्ष्य हासिल हुन नसक्ने भएकाले १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ,’ उनले भने, ‘यस योजनाले नेपाललाई सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति गर्दै क्रमशः मध्यम आय भएको देशमा पुर्‍याउन र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।’ योजनाले पहिचान गरेका मूलभूत सवाल तथा चुनौतीलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत क्रमशः सम्बोधन गर्ने गरी काम गरिने उनले बताए । 

१६औँ योजनाले अर्थतन्त्रको वर्तमान अवस्थाको वास्तविक चित्रणसहित भावी कार्यदिशा र सोको कार्यान्वयनका लागि आवश्यक पर्ने रणनीति तय गरेको उनले बताए । ६७ वर्षको योजनाबद्ध विकास प्रयासका क्रममा अधिकांश आवधिक योजनाले लिएका लक्ष्य र उपलब्धिबीच केही खाडल देखा परेको भए पनि सीमित साधनबीच गरेका प्रयासबाट आर्थिक, सामाजिक र पूर्वाधार क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल भएको उनले बताए । 

विकासको मोडेलमा राजनीतिक स्पष्टता आवश्यक
संविधानले समाजवादउन्मुख राज्यको कल्पना गरेको भए पनि राजनीतिक नेतृत्वमा विकासको मोडेलमै स्पष्टता आवश्यकता रहेको उनले बताए । ‘राजनीतिक नेतृत्वमा पर्याप्त र गम्भीर समीक्षा गरेर नै हाम्रो विकासको मोडेल के हो भन्नेमा एकरूप, वैज्ञानिक र स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिन जरुरी छ,’ उनले भने, ‘राजनीतिक स्पष्टताको अभाव, त्यसका नीति–नियम र कानुनको अभावका कारण अधिक योजना निर्माण र कार्यान्वयमा समस्या देखिएको छ ।’ उनले राजनीतिक दलका नेतृत्व तहबाट आएका सुझावलाई १६औँ योजनामा समेट्न राष्ट्रिय योजना आयोगलाई निर्देशनसमेत दिए । उनले नेपालको अन्तिम लक्ष्य ‘सुखी नेपाली र समृद्धि नेपाल’ नै भएको बताउँदै त्यसका लागि सुशासन र सामाजिक न्याय भने अपरिहार्य भएको बताए । 

 कार्यक्रम र योजनालाई प्राथमिकीकरण गर्न सुझाव
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश विकासका समस्या र चुनौतीमाथि गम्भीर मन्थन गर्नुपर्ने बताए । समस्याको पहिचानमा प्राथमिकता दिन सके मात्रै समाधान हुने उनले बताए । उनले कार्यक्रम र योजनामा प्राथमिकीकरणमा जोड दिनुपर्ने बताए । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले १६औँ  योजनाको स्वामित्व सबैले लिएर कार्यन्वयनमा सहभागिता हुनुपर्ने बताए । योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अर्थतन्त्रका २० सवाल तथा चुनौती प्रस्तुत गरे ।

१६औँ योजनाले सोच, रणनीति र लक्ष्यको सफल कार्यान्वयनको खाकासमेत बनाएकाले नजिता प्राप्ति हुने बताए । उनले १६औँ योजनाको लक्ष्य र उपलब्धिबीच धेरै खाडल नहुने विश्वास लिइएको समेत बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समाजिक सुधार र राजनीतिक परिवर्तनलाई दिगो बनाउन बलियो आर्थिक आधार आवश्यक भएको बताए । यसका लागि आगामी आवधिक योजनामा आमूल परिवर्तन आवश्यक रहेको बताए । उनले निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन हुन सके आवधिक योजनाले लिएका लक्ष्य हासिल हुने बताए ।

ad
ad