१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

महानगरले गर्‍यो चौधरी ग्रुपलाई दुई लाख जरिवाना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:५२:oo

काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । गुणस्तरहीन चाउचाउ भेटिएपछि कृषि तथा पशुपक्षी विभागले जरिवाना गराएको हो । 

बजार व्यवस्थापन तथा अनुगमन ऐन, ०७७ को दफा २९ को खण्ड ‘घ’बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’बमोजिम जरिवाना गरेको हो । कम्पनीले सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको छ । महानगरपालिकाको वडा ६, सरस्वती नगरको किराना पसलबाट २ वैशाखमा चाउचाउ जफत गरिएको थियो । गत चैतमा उत्पादित ६० ग्राम तौलका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने ब्याच नं एएल–वाइएल२३का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमुना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । नमुनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ वैशाखमा प्रयोगशालामा दिइएको नमुनाको रिपोर्ट ११ वैशाखमा प्राप्त भएको हो । रिपोर्ट प्राप्त भएपछि कम्पनीलाई जरिवाना तोकिएको हो । 

प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राई गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए । नमुनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनमा गुणस्तरको विवरण लेख्दै खैरो रङको चाउचाउमा गाढा खैरो र काला धब्बा भएको उल्लेख थियो । रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ एमजी केओएच–जी ओइल देखिएको छ । यसको भ्यालु एक एमजी केओएच–जी ओइलभन्दा बढी हुनुहुँदैन ।

खाद्य प्राविधिक बस्नेतका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखिन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए । चाउचाउको बिक्रीसँग सम्बन्धित एसके इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै यस ब्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अबउप्रान्त यो चाउचाउ बिक्री नगर्ने प्रतिबद्धतापत्र पठाएको छ । यस्ता गुणस्तरहीन खाद्य वस्तुको जिम्मेवारी उत्पादक कम्पनी सिजी फुड नेपाल हुने पत्रमा उल्लेख छ ।

ad
ad