१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २३ आइतबार १०:२३:००
Read Time : < 1 मिनेट
साहित्य

भिडियो कन्फरेन्समा  बालकथा लेखन  कार्यशाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २३ आइतबार १०:२३:००

लकडाउनको समयमा विश्वभरका लेखकहरू भिडियो कन्फरेन्समार्फत कथा लेखनमा जुटेका छन् । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा शुक्रबारदेखि सुरु भएको कथा लेखन कार्यशालामा बेलायतदेखि टिमुर लेट्सेसम्मका साहित्यकार सहभागी छन् ।

कोरोनाको विश्वव्यापी असर र त्यसले बालबालिकामा पारेको प्रभाव विषयमा केन्द्रित रहेर कार्यशाला आयोजना गरिएको केन्द्रका अध्यक्ष प्रमोद प्रधानले जानकारी दिए । कथा लेखनको सुरुमा डा. रवीन्द्र पाण्डे ‘समीर’ले कोरोनाको वर्तमान अवस्था र नेपाली समाजमा पार्न सक्ने असरबारे जानकारी दिएका थिए । कार्यशालाको पहिलो दिन टिमुर लेट्सेबाट साहित्यकार सुधा रिसालले कथा प्रस्तुत गरिन् । यस्तै, साहित्यकारहरू हरि भण्डारी, शारदा पराजुली, शान्ति सापकोटा, मञ्जु पौडेल, श्यामकृष्ण खुलीमुली, गंगा कर्माचार्य पौडेल, सजनी नौबागेलगायतले कोरोनाले बालबालिकामा पारेको असरबारे कथा प्रस्तुत गरे ।

शनिबार स्विडेनबाट उपशाला, अमेरिकाबाट लेखनाथ भण्डारी, फ्रान्सबाट अनुराधा पौडेल र दक्षिण कोरियाबाट मोहन कार्कीले कथा प्रस्तुत गरे । यस्तै, नेपालबाट डा. तारानिधि भट्टराई, मुटुरोग विशेषज्ञ डा. सुशान्त बन्जाडे, गंगा कसजु, इन्दिरा दली, केदार श्रेष्ठ, श्रीराम राई, क्रान्ति पाण्डेलगायतले कथा प्रस्तुत गरे । शनिबार सम्पन्न दुई दिने कार्यशालामा ३० जना सहभागी थिए । 

चौधरीको कोरोना गीत
कवि तथा उद्यमी वसन्त चौधरीको कोरोनासम्बन्धी गीत सार्वजनिक भएको छ । होम क्वारेन्टाइनमा बसिरहेका वेला चौधरीले गीत तयार पारेका हुन् । गीतले भन्छ, ‘उद्धार गरौँ मानवताको यो विषाणुको संहार गरी, अन्त गरौँ यस निशाचरको, आउ मिली विश्वभरि ।’ गीतमा गायक राज सागरले स्वर र संगीत दिएका छन् । म्युजिक एरेन्ज राहुल विश्वकर्माले गरेका छन् भने मिक्सिङ दीप घतानीले गरेका हुन् । ‘कोरोनासम्बन्धी सचेतना जगाउने गीत भएकाले युट्युबमार्फत सार्वजनिक गर्न हतारिएका हौँ,’ गायक सागरले भने ।