१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

विद्यार्थीको साहित्य लेखनमा रुचि बढाउन बालकथा संग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२१:oo

विद्यालय तहका बालबालिकाको प्रतिभाको पहिचान गरी उनीहरूको सिर्जनशीलता, भाषिक सीप र दक्षतालाई बाहिर निकाल्न इम्पेरियल वर्ल्ड स्कुलले महत्वपूर्ण कार्यको थालनी गरेको छ । स्कुलले नवीन पाइला र इम्याजिनेटिभ वर्ल्ड बालकथा संग्रह प्रकाशन गरेर बालबालिकाको क्षेत्रमा नवीन आयामको थालनी गरेको हो ।

 शनिबार एक कार्यक्रमबीच  सार्वजनिक गरिएका कृतिहरू नवीन पाइला बालकथा संग्रह नेपालीमा र इम्याजिनेटिभ वल्र्ड अंग्रेजी भाषामा रहेका छन् । प्रमुख अतिथि बाल साहित्यकार यशु श्रेष्ठ, विद्यालयका अध्यक्ष कुमार कार्की, प्रिन्सिपल जुनिता शाहीले संयुक्त रूपमा विमोचन गरेका थिए । बालकथा संग्रहमा कक्षा तीनदेखि कक्षा दशसम्मका बालबालिकाका कथा समेटिएका छन् । 

साहित्यकार यशु श्रेष्ठले विद्यालय बगैँचा र बालबालिका त्यसका फूल भएको बताउँदै नवीन पाइला र इम्याजिनेटिभ वल्र्ड बालकथा संग्र्रहले बालबालिकालाई साहित्यमा रुचि बढाउन सहयोग पुग्ने बताए । श्रेष्ठले बाल साहित्य क्षेत्र उपेक्षित क्षेत्र रहेकाले हरेक विद्यालयले साहित्य लेखनको जग बसाल्न आवश्यक रहेको धारणा राखे ।

विद्यालयका अध्यक्ष कुमार कार्कीले विद्यालयले विद्यार्थीलाई कक्षाकोठामा मात्रै पढाएर नपुग्ने र वास्तविक जीवनमा नै पुगेर जस्ताको तस्तै उतार्न खोजिएको बताए । साहित्य बालबालिकाका लागि प्रेरणाको स्रोत हुने बताउँदै हरेक वर्ष दुईवटा पुस्तक विमोचन गर्ने तयारी गरेको जानकारी दिए । प्रिन्सिपल जुनिता शाही कार्कीले साहित्यले बालबालिकाको सिकाइमा ठूलो प्रभाव पार्ने बताइन् । 

ad
ad