मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १ बुधबार १०:१३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बालकथासंग्रह ‘साधनको रूख’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १ बुधबार १०:१३:००

बालबालिकाका लागि लेखिएका ६ वटा कथा संकलित ‘साधनको रूख’बजारमा आएको छ । लेखक दुर्गा ढेँगाको ‘साधनको रूख’मा ‘भिरबाट हामफाल्ने दाजुभाइ’, ‘कुखुरा चोरको दशा’, ‘एक गेडा चामलको भात’लगायत कथा संगृहित छन् ।

यो कथासंग्रहको शीर्षकथा ‘भिरबाट हामफाल्ने दाजुभाइ’ दुई ईष्र्यालू मूर्ख दाजुभाइको कथा हो । घरमा एउटा मात्र बन्चरो थियो । बन्चरो नभए हलो काट्न सकिँदैनथ्यो । दुई दाजुभाइलाई नै हलो चाहिएको थियो । हलोका लागि साधनको रूख चाहिन्थ्यो । साधनको रूख अग्लो भिरको टुप्पामा हुन्छ । रूख काट्दा तलतिर झर्छ । तर, उनीहरूले त्यो रूख माथितिर तान्न खोज्दा दुवै भिरबाट खस्छन् ।

यस कथासंग्रहमा अरू पनि यस्तै रोचक लोककथा छन् । ‘एक गेडा चामलको भात’ कथामा मान्छेलाई अनिकाल कसरी पर्न गएछ भन्ने सन्दर्भको लोककथा छ । कथालयबाट प्रकाशित यस पुस्तकका चित्रांकनकर्ता यज्जू मानन्धर हुन् । २५ पृष्ठको यस पुस्तकको मूल्य १२५ रुपैयाँ तोकिएको छ ।