मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २० शुक्रबार ०८:५६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

जिराफ नाच्न सक्दैन बालकथा सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २० शुक्रबार ०८:५६:००

‘जिराफ नाच्न सक्दैन’ र ‘सानो कङ्गारु’ नामक दुई बालकथाका पुस्तक सार्वजनिक भएको छ । जिराफ नाच्न सक्दैन नाच्न सिकिरहेको जिराफ जेराल्डको कथा हो । जेराल्ड नाच्न चाहन्थ्यो, तर हरेक वर्ष वन महोत्सवमा नाच्न नजानेर ऊ खिन्न महसुस  गर्थ्यो । अचानक एउटा जुनेली रातमा नाच्ने तरिका थाहा पाउँछ ।

त्यसवेला उसले सबैलाई मन पर्ने संगीत पाए नाच्न सक्छौँ भन्ने महसुस गर्छ । त्यसपछि ऊ निर्धक्क आफ्नो तालमा नाच्न थाल्छ । गाई पार्कर रिसको चित्रांकनले जीवन्त बनाएको यो पुस्तक जायल्स आन्ड्रियाले लेखेका हुन् भने कथालयले प्रकाशित गरेको हो ।

अर्को पुस्तक सानो कङ्गारु आमा र बच्चाबीचको स्नेहको कथा हो । आमाको पेटको थैलोबाट निस्किनै नमान्ने सानो कङ्गारुलाई उसकी आमाले मायालु पाराले पेटको थैलीबाट बाहिरी संसारमा निस्कन सिकाउँछिन् । सानो कङ्गारु बाहिरी संसारका गतिविधि देखेर रमाउन थाल्छ ।

कथा शब्दसँगै चित्रहरूमा बगेको छ । यस पुस्तकका लेखक र चित्रांकनकर्ता गाइडो भान जेनेचन हुन् । चर्चित लेखक गाइडो भान जेनेचनको सेतो माछा शृंखला कथालयले यसअघि नै प्रकाशित गरिसकेको छ ।

बालबालिकालाई मनोरञ्जन दिने र व्यवहार उपयोगी ज्ञान पनि दिने यी दुवै पुस्तक ४ देखि ६ वर्ष उमेर समूहका बालबालिका लक्षित छ । यी बालकथाले हुर्किरहेका बालबालिकालाई आत्मनिर्भर बन्न प्रेरित गर्छन् ।

जिराफ नाच्न सक्दैनको मूल प्रकाशक द वाट्स पब्लिसिङ ग्रुप (ह्याचेट, युके) हो । नेपाली भाषामा यसको अनुवाद भिक्टर प्रधानले गरेका हुन् । त्यस्तै बेल्जियमको क्लाभिस बिभिबिए मूल प्रकाशक रहेको सानो कङ्गारुको अनुवादक विनोद भण्डारी हुन् ।