१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष ४ शुक्रबार ०७:३६:००
Read Time : < 1 मिनेट
खेलकुद

बार्सिलोनाका समर्थक उग्र

Read Time : < 1 मिनेट
२०७६ पौष ४ शुक्रबार ०७:३६:००

यस सिजनको बहुप्रतिष्ठित स्पेनिस लालिगाको पहिलो एल क्लासिको बार्सिलोनाको नाउ क्याम्पमा गोलरहित बराबरीमा सकियो । १७ वर्षपछि पहिलोपटक एल क्लासिको गोलरहित बराबरी हुँदा पाहुना टोली रियल म्याड्रिड दंग पर्‍यो । तर, घरेलु टोली बार्सिलोनाका समर्थकले यो नतिजा पचाउन सकेनन् । खेल समाप्तिसँगै नाउ क्याम्प रंगशालाबाहिर समर्थकले हुलदंगा नै गरे । यसक्रममा प्रहरीले १० समर्थकलाई पक्राउ गरेको छ । 

बार्सिलोना र रियलका समर्थकबीच झडप हुँदा ६० व्यक्ति घाइते भएका छन् । उग्र देखिएका समर्थकले प्रहरीमाथि रकेट, आगोका बोतल तथा सिसा प्रहार गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन रबरको गोलीसमेत चलाए । समर्थकको प्रहारमा ३९ प्रहरीसमेत घाइते भएका छन् । दुई समर्थकका पछाडिको हड्डी भाँचिएको प्रहरीले जनाएको छ । 

नाउ क्याम्प रंगशालालाई हानि–नोक्सानीबाट बचाउन तीन हजार प्रहरी परिचालन गरिएको थियो । खेल सकिएपछि बार्सिलोनाका समर्थकले नाराबाजी गरेका थिए । रंगशालाबाहिर रहेका समर्थकलाई नियन्त्रणमा लिन प्रहरीलाई निजी सुरक्षाकर्मीले समेत साथ दिएका थिए । सन् २०१७ पछि नाउ क्याम्पमा यस्तो किसिमको झडप भएको हो । क्याटलान समर्थकले उपद्रो मच्चाउन सक्ने जनाउँदै स्पेनिस फुटबल संघले गत अक्टोबरमा हुनुपर्ने एल क्लासिको स्थगित गरेको थियो । सबै वातावरण मिलाएपछि संघले बुधबारका लागि एल क्लासिको तय गरेको थियो ।