१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी म्याड्रिड
२o८१ बैशाख २० बिहीबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बार्सिलोनाको  कठिन जित

Read Time : < 1 मिनेट
एजेन्सी, म्याड्रिड
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१४:oo

स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोनाले आइतबार राति भिल्ला रियललाई ४–३ ले हराएको छ । बार्सिलोनाले खेलको १५ मिनेट भित्र २–० को अग्रता लिएको थियो । खेलको १२औँ मिनेटमा गाभीले बार्सिलोनालाई १–० को अग्रता दिलाए । खेलको १५औँ मिनेटमा डी जोङले बार्सिलोनालाई २–० को स्थितिमा राखे ।

भिल्ला रियलले खेलको २६औँ मिनेटमा २–१ का लागि गोल गरेको थियो । भिल्ला रियलका फोयथले गोलअन्तर कम गरेका हुन् । खेलको ४०औँ मिनेटमा सोर्लोथले भिल्ला रियललाई २–२ को बराबरीमा पुर्‍याए । खेलको ५०औँ मिनेटमा बाइनाले भिल्ला रियललाई ३–२ को अग्रता दिलाएका थिए ।

खेलको ६८औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनालाई ३–३ को बराबरीमा पुर्‍याए । खेलको ७१औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले बार्सिलोनालाई ४–३ को जित दिलाए । बार्सिलोना तीन खेलबाट सात अंक जोड्दै तेस्रो स्थानमा उक्लियो । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले तीन खेलबाट नौ अंक बटुलेको छ । 

ad
ad