१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रासस नेपालगञ्ज
२o८१ जेठ ४ शुक्रबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कैद मिनाहा माफीमा कुनै विभेद हुनुहुँदैन : गृहमन्त्री

Read Time : < 1 मिनेट
रासस, नेपालगञ्ज
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:३२:oo

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन्। 

बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको उल्लेख गरे।

‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ,’ उनले भने। कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनर्स्थापना गर्न आवश्यक भएकामा जोड दिँदै गृहमन्त्री लामिछानेले कारागारलाई यातनागृहका रूपमा नभई सुधारगृहका रूपमा रूपान्तरण गराउन जरुरी भएको औँल्याए।

‘कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप कुनै पनि सजाय पाउनुहुँदैन,’ उनले भने। अपराधीले अपराध गरेकोभन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै उनले कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न मन्त्रालय लागिपरेको बताए।

गृहमन्त्री लामिछानेले कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्दै पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा जोड दिए।

ad
ad