१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

रोहित शतक बनाउन चुके

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:१o:oo

नेपालका कप्तान रोहित पौडेल वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो शतकीय इनिङ्स खेल्न चुकेका छन्। त्रिवी क्रिकेट मैदानमा बिहीबार दुई सय १० रन लक्ष्य पछ्याइरहेको नेपालका कप्तान रोहित ८२ रनमा क्याच आउट भए।

रोहित हेडन वाल्सको ओभरमा फोडेबाट सहज क्याच आउट भए । उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरेका थिए।

चौथो खेलमा नेपालले कमजोर सुरुवात गरे पनि रोहितको धर्यतापूर्वक इनिङ्सले संहालिएको थियो। ओपनर आसिफ सेख सुन्य रन, कुशल भुर्तेल एक रन, कुशल मल्ल चार रन तथा सन्दीप जोराले १९ रन बनाएका थिए।

क्रिजमा दीपेन्द्रसिंह ऐरीले १२ रन तथा गुल्सन झाले चार रन जोडेका छन्। रोहित र दीपेन्द्रसिंहबीच पाँचौँ विकेटका लागि ५० रनको साझेदारी भएको थियो।

नेपालले १४ ओभरको खेल समाप्तिसम्म पाँच विकेटको क्षतिमा एक सय २८ रन बनाएको छ । नेपाललाई जितका लागि ३६ बलमा ८२ रन आवश्यक छ ।

ad
ad