नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको निधन भएको छ। किरणको ९४ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
स्वर्गीय किरणको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ। किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन्। पछि उनले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रूपमा रहेर सेवा गरेकी थिइन्।
२०४१ सालमा शिक्षासचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रूपमा काम गरेकी थिइन्। २०४६ सालमा सेवा निवृत्त भएकी किरण शिक्षासेवी र सामाजिक व्यक्तित्वको रूपमा समेत परिचित थिइन्।