१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : एएफपी
२o८१ बैशाख २० बिहीबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गुन्डुगानको गोलमा बार्सिलोनाको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५३:oo

लास पाल्मासविरुद्ध एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले स्पेनिस ला लिगामा २–१ को जित दर्ज गरेको छ । जितपछि बार्सा ४१ अंकसहित लिगको तेस्रो स्थानमा छ । लिगको मध्यमा आइपुग्दा पहिलो र दोस्रो स्थानमा रहेका रियल म्याड्रिड र जिरोनाको समान खेलमा समान ४८ अंक छ ।

खेलमा अग्रता भने लास पाल्मासले लिएको थियो । घरेलु मैदानमा १२औँ मिनेटमै बार्साका पूर्वखेलाडी मुनिर एल हाडाडीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

खेल बराबरीतर्फ अग्रसर भइरहेका वेला निर्धारित ९० मिनेट सकिएपछिको थपिएको समयमा बार्साले पेनाल्टीको अवसर प्राप्त गर्‍याे । इन्ज्युरी समयको पहिलो मिनेटमा डेली सिन्कग्राभेनले डी–बक्सभित्र गुन्डोगानमाथि गम्भीर फाउल गरेपछि बार्साले खेलमा स्पष्ट तीन अंक आर्जन गर्ने मौका प्राप्त गर्यो । 

सिन्कग्राभेन भने रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भए । प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै गुन्डोगानले नै बार्सालाई जित दिलाए ।

ad
ad