१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका म्याड्रिड
२o८१ बैशाख २१ शुक्रबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चार वर्षपछि बार्सिलोना क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याड्रिड
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१४:oo

बार्सिलोना चार वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले मंगलबार राति इटालियन क्लब नेपोलीलाई प्रिक्वार्टरफाइनल खेलको दोस्रो लेगमा ३–१ को सहज जित निकाल्दै अन्तिम आठको स्थान पक्का गरेको हो । बार्सिलोनाले समग्रमा ४–२ को जित निकालेको हो ।

बार्सिलोनाले पछिल्लोपटक २०२० को सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रतिस्पर्धा गरेको थियो । घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन फेर्मिन लोपेज, जाओ कान्सेलो र रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे । अर्को खेलमा इंग्लिस क्लब आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

ad
ad