१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बार्सिलोना रोयल एन्टवर्पसँग स्तब्ध

खेलको अन्तिम इन्जुरी समयमा पूर्वविजेता बार्सिलोना बेल्जियमको क्लब रोयल एन्टवर्पसँग ३–२ ले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४६:oo

युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा पूर्वविजेता बार्सिलोना बेल्जियम क्लब रोयल एन्टवर्पसँग ३–२ ले स्तब्ध भएको छ । यस समूहबाट प्रिक्वार्टरफाइनल स्थान पक्का गरिसकेको बार्सिलोना खेलको अन्तिम मिनेटमा पराजित भएको हो । बार्सिलोनाले ६ खेलबाट १२ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा छ । पोर्चुगलको क्लब एफसी पोर्टोको पनि १२ अंक छ । गोलअन्तरमा बार्सिलोना शीर्ष स्थानमा रहेको हो । 

साख्तर डोनेट्क्सले ६ खेलबाट ९ अंक र रोयलले ३ अंक मात्र हात पारेको छ । बार्सिलोना खेलको दोस्रो मिनेटमा नै १–० ले पछि परेको थियो । रोयल एन्टवर्पका आर्थर भरमिरिनले अप्रत्याशित रूपमा अग्रता दिलाए । पहिलो हाफमै बार्सिलोना १–१ को बराबरी गोल फर्काउन सफल भयो । बार्सिलोनका लागि फेरान टोरेसले बराबरी गोल गरेका हुन् । उनले लामिन यमालको पासमा सटीक गोल गरे । 

खेलको ५६औँ मिनेटमा एन्टवर्पले २–१ को अग्रता लियो । यसपटक भिसेन्ट यान्सनले गोल गरे । युसुफले डिबक्सभित्र उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन् । यसअघि खेलको ५३औँ मिनेटमा बार्सिलोनाका सर्जी रोबर्टोले रातो कार्ड पाए पनि भिडियो असिस्टेन्ट रेफ्रीले निर्णयलाई परिवर्तन गरेका थिए । खेलको अन्तिम इन्जुरी समयको पहिलो मिनेटमा इलकाए गुन्डोगानको क्रसमा मार्क गुयुले बार्सिलोनालाई २–२ को बराबरीमा पुर्‍याए । इन्जुरी समयको पनि अन्तिम एक मिनेटमा जर्ज इलेनीखेनाले एन्टवर्पलाई ३–२ को रोमाञ्चक जित दिलाए । 

पिएसजी नकआउट चरणमा
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । पिएसजीले बोरुसिया डर्टमन्डलाई १–१ को बराबरीमा रोक्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । समूह ‘एफ’मा डर्टमन्डले ६ खेलबाट सर्वाधिक ११ अंक जोडेको छ । पिएसजीले ६ खेलबाट ८ अंक जोड्यो ।

यसै समूहमा एसी मिलानले न्युकासल युनाइटेडलाई २–१ ले हरायो । जितका बाबजुद एसी मिलान नकआउट चरणमा पुग्न सकेन । गोलअन्तरमा एसी मिलान पिएसजीसँग पछि पर्‍यो । यसैगरी समूह ‘ई’मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले लाजियोलाई २–० ले हरायो । एट्लेटिको र लाजियो नकआउट चरणमा चरण पुगिसकेका छन् ।

समूहको अर्को खेलमा सेल्टिकले फायनउडलाई २–१ ले हरायो । म्यानचेस्टर सिटीले समूह ‘जी’मा शतप्रतिशत नतिजा निकाल्यो । सिटीले रेड स्टार बेलग्रेडलाई ३–२ हरायो । यसै समूहमा आरबी लाइपजिगले योङ ब्वाइजलाई २–१ ले हरायो । यस समूहमा लाइपजिग उपविजेता बन्यो । 

ad
ad