१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बार्सिलोनाविरुद्ध रियलको बदला

ब्राजिलियन स्ट्राइकर भिनिसियसको ह्याट्रिकको सहयोगमा रियल म्याड्रिडले स्पेनिस सुपर कप फाइनलमा बार्सिलोनालाई ४–१ ले हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१८:oo

 रियल म्याड्रिड छिमेकी क्लब चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई ४–१ ले हराउँदै स्पेनिस सुपर लिगको उपाधि जितेको छ । साउदी अरेबियामा आइतबार भएको फाइनलमा म्याड्रिडलाई उपाधि दिलाउने क्रममा चारै गोल ब्राजिलियन स्ट्राइकरले गरेका हुन् । युवा स्ट्राइकर भिनिसियस जुनियरले ह्याट्रिक र रोड्रिगोले थप एक गोल गरे । म्याड्रिडको १३औँ सुपर कपको उपाधि हात पारे । गत वर्षको फाइनलमा बार्सिलोनाले म्याड्रिडलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । म्याड्रिडले गत संस्करणको बदला लिएको छ । 

‘हामीले फाइनल जित्न चाहेका थियौँ,’ म्याड्रिडका प्रशिक्षक कार्लोे एन्सोलोटीले भने, ‘हामी यो जितका लागि योग्य थियौँ, खेलाडीले धेरै राम्रो खेलेका थिए ।’ बार्सिलोना र म्याड्रिडबीचको सुपर कप फाइनल साउदी अरेबियाको प्रो लिग क्लब अल नासेरको घरेलु मैदानमा भएको थियो । ह्याट्रिककर्ता भिनिसियसले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई आइडियल मान्छन् । रोनाल्डो गत सिजनमा अल नासेरसँग अनुबन्धन भएका थिए । 

रोनाल्डोको घरेलु मैदानमा ह्याट्रिक लगाउन पाउँदा भिनिसियस दंग छन् । उनले खेलको १३औँ मिनेटमै म्याड्रिडलाई १–० को अग्रता दिलाएका थिए । खेलको ४० औँ मिनेटभित्र उनले फाइनलमा महत्वपूर्ण ह्याट्रिक पूरा गरे । ‘भिनिसियस धेरै राम्रो खेलाडीमा पर्छन्, फाइनलमा राम्रोे कमब्याक गरे,’ म्याड्रिडका प्रशिक्षक एन्सोलोटीले भने । गत नोभेम्बरमा ह्यामस्ट्रिङ भएपछि उनी पहिलोपटक मैदान फर्किएका हुन् । 

पहिलो हाफमै ह्याट्रिक
खेलको सातौँ मिनेटमा जुड वेलिंघमको पासमा भिनिसियसले गोल गरेका थिए । खेलको १०औँ मिनेटमा रोड्रिगोकै पासमा भिनिसियसले दोस्रो गोल थपे । लेवान्डोस्कीले ३३औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई २–१ को गोलअन्तरमा झारेका थिए । तर, ३९औँ मिनेटमा भिनिसियसले पेनाल्टी सदुपयोग गर्दै म्याड्रिडलाई ३–१ को अग्रता दिलाए । ६४औँ मिनेटमा रोड्रिगोले म्याड्रिडका लागि चोथो गोल गरे । ७१औँ मिनेटमा अरौजोले दोहोरो पहेँलो कार्डको सामना गरेपछि बार्सिलोना १० खेलाडीमा खेलेको थियो । 

बार्सिलोनोबाट एक मात्रै गोल पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले गरे । दोस्रो हाफमा दोहोरो कार्ड पाएपछि बार्सिलोनाका रक्षक रोनाल्डो अरौजोले मैदान छाडेका थिए । हारपछि बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेज खुसी देखिएनन् । उनले सुपर कपको उपाधि गुमाए पनि बाँकी प्रतियोगितामा ट्रफी उचाल्न मिहिनेत गर्नुपर्ने प्रतिक्रिया दिए । ‘आजको खेल निकै कठिन थियो हामीसँग अझै धेरै समय बाँकी छ,’ हर्नान्डेजले भने, ‘हामी बलियो भएर अझै केही ट्रफी हात पार्न सक्छौं ।’

ad
ad