१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ पौष १ मंगलबार १०:४२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण हुन्छ जाडोमा मुटुरोगको उच्च जोखिम

Read Time : > 1 मिनेट
२०७६ पौष १ मंगलबार १०:४२:००

 डा. मनबहादुर केसी
वरिष्ठ मुटुरोग विशेषज्ञ

पछिल्लो समय विश्वमा सबैभन्दा बढी मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको पाइन्छ । बदलिँदो जीवनशैली, गलत खानपान, धूम्रपान, व्यायामको कमी, तनाव आदिका कारण मुटुरोगीको संख्या बढेको हो । हृदयाघात, एन्जाइना, उच्चरक्तचापजस्ता मुटुरोगीको संख्या दिनानुदिन बढिरहेको पाइन्छ ।

हृदयाघात 
मुुटुको कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु वा उक्त भागको मृत्यु हुनु हृदयाघात हो । रक्तनलीमा विभिन्न कारणले अवरोध हुने गर्छ, जसमध्ये रक्तनलीमा बोसो जम्नु,  रक्तनली फुट्नु र उच्च रक्तचाप मुख्य हुन् । रक्तनलीमा देखिने विभिन्न समस्याले मुटुमा दबाब परेमा धमनीमा अवरोध सिर्जना हुन्छ र मुटुले काम गर्न छाड्छ । सामान्यतया स–साना धमनीमा अवरोध हुँदा खासै असर नदेखाए पनि देब्रेतिरको मुख्य धमनीमा अवरोध हुँदा हृदयाघात प्राणघातक बन्न सक्छ । 

हृदयाघात सुर्तीजन्य पदार्थको सेवन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, वंशाणुगत गुण आदि कारणले हुने गर्छ । यसबाहेक पुरुषमा हुने विभिन्न हर्मोनका कारण हृदयाघात हुने जोखिम बढी रहन्छ । उमेर बढ्दै जाँदा महिला र पुरुष दुवैमा हृदयाघात हुने सम्भावना हुन्छ । 

जाडोमा मुटुरोगीलाई हृदयाघात हुने जोखिम उच्च रहन्छ । किनकि अन्य मौसमको दाँजोमा यतिवेला हाम्रो जीवनशैली केही निष्क्रिय हुन्छ । 

कसरी थाहा पाउने ? 
हृदयाघातको लक्षणबारे अधिकांशमा जानकारी हुँदैन । जसका कारण बिरामी ढिला चिकित्सककहाँ पुग्छन् । छाती दुख्नु, दम बढ्नु वा स्वाँ–स्वाँ हुनु, कमजोरी महसुस हुनु, कसैमा पेट दुख्ने, बंगारा दुख्ने आदि फरक–फरक लक्षण देखापर्न सक्छन् । त्यस्तै, अधिकांशमा मुटु ढुकढुक हुने, बेहोस हुने आदि समस्या देखापर्न सक्छ । यस्ता लक्षण देखापरेमा तुरुन्त चेकजाँच गर्नु आवश्यक छ । 

जाडोमा उच्च जोखिम
जाडोमा मुटुरोगीलाई हृदयाघात हुने जोखिम उच्च रहन्छ । किनकि अन्य मौसमको दाँजोमा यतिवेला हाम्रो जीवनशैली केही निष्क्रिय हुन्छ । जाडोमा चिसोका कारण शरीरका नसा साँघुरिदा मुटुमा कार्यभार बढ्छ । त्यस्तै, चिसोमा कहिलेकाहीँ अचानक रक्तचाप बढ्ने भएकाले नसा फुट्ने र हृदयाघात हुने जोखिम रहन्छ । 

जाडोयाममा हृदयाघात गराउने अर्को कारण हर्मोनको गडबडी पनि हो । शरीरमा रहेका विभिन्न हर्माेन बिहानीपखको समयमा बढी सक्रिय रहने गर्छन्, यसले पनि हृदयाघातको जोखिम बढाउँछ । त्यस्तै, फोक्सोमा संक्रमण, निमोनिया, दम आदि विभिन्न कारणले मुटुलाई असर गरिरहेको हुन्छ ।