१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले लेखाए गिनिज बुकमा नाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:o१:oo

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले विश्वरेकर्ड कायम गरेका छन्  । विश्व मुटु दिवसको अवसर पारेर डा. ओममूर्ति अनिलले २९ सेप्टेम्बर २०२३ (१२ असोज ०८०) मा आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्वरेकर्ड कायम गरेका हुन् ।

फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक भन्ने शीर्षकमा डा. ओममूर्ति अनिलले गिनिज वर्ल्ड रेकर्डस् कायम गरेका छन् । 
१२ असोजको साँझ ७ः १५ बजेदेखि सुरु भएको आधा घन्टा लामो उक्त प्रस्तुति ११ हजार दुई सय १२ सयजनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए । आधा घन्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए । 

डा. ओममूर्ति अनिलको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई नाै हजारजनाले सेयर गरेका थिए । त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए । 

लाइभ प्रस्तुतिपछि ‘गिनिज वर्ल्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओममूर्ति अनिलले विश्वरेकर्ड कायम भएको दाबी पेस गरेका थिए । यद्यपि, डा. ओममूर्ति अनिललाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसकाे प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको थियो । नयाँ रेकर्ड कायम गर्दा जनस्वास्थ्य र जनचेतनामूलक अभियानमा थप हौसला मिलेको डा. अनिलले बताए ।

ad
ad