जाडोयाममा दिन छोटो हुँदै जान्छ । घाम कम लाग्छ र अत्यधिक चिसो हुन्छ । चिसोले मुटुलाई शिथिल बनाउँछ । गर्मीको दाँजोमा जाडोयाममा शरीरलाई तातो बनाउन तथा रक्तसञ्चार गर्न मुटुले बढी काम गर्नुपर्छ । त्यही कारण मुटुलाई भार बढी पर्छ ।
अर्को कुरा, जाडोमा शारीरिक गतिविधि कम हुन्छ । यो समयमा व्यायाम कम गर्ने, खानपान बढी हुने, शरीरको तौल कम हुने हुन्छ । जसले गर्दा मुटुलाई रक्तसञ्चार गर्ने नसाहरू पनि खुम्चने हुन्छ । नलीहरू खुम्चिएर ब्लक हुँदा मुटु र मस्तिष्क दुवैमा असर गर्न सक्छ ।
मुटुरोगको औषधि सेवन गरेर निको भइसकेका व्यक्तिले चिसो समयमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै, नियमित औषधि सेवन गरिरहेकाहरूमा पनि रोग पुनः बल्झने खतरा हुने भएकाले उनीहरू पनि सतर्क रहनुपर्छ ।
समस्या
- उच्च रक्तचाप बढ्ने ।
- मस्तिष्कघात हुने ।
- श्वासप्रश्वाससम्बन्धी समस्या ।
- उकालो जान, भर्याङ चढ्न ।
- हृदयाघात हुन सक्ने ।
- रक्तनली खुम्चने ।
- शरीरको तौल बढ्ने ।
- हातखुट्टा सुन्निने ।
- मुटुको धड्कन बढ्ने ।
कस्ता कुरामा ध्यान दिने ?
- नियमित औषधि सेवन गरिरहेको छ भने निरन्तरता दिने ।
- रक्तचाप नियन्त्रण छ÷छैन्, नियमित परीक्षण गर्ने ।
- कोलेस्ट्रोल, सुगर जाँच गर्ने ।
- शरीरको तौल नियन्त्रण गर्ने ।
- चिसोमा मर्निङवाक नगर्ने, घाम लागेपछि मात्र न्यानो कपडा लगाएर व्यायाम गर्ने ।
- आलु, भात, गुलियोलगायतका कार्बोहाइड्रेटयुक्त खाना कम खाने ।
- चिसो खानेकुरा नखाने ।
- धूम्रपान, मद्यपान नगर्ने ।
- मुटुरोगीले माछा र सेतो मासु खाने, रातो मासु नखाने ।
- झोलिलो खानेकुरा खाने । सागपात, फलफूल प्रशस्त खाने ।
- न्यानो लुगा लगाउने
- खाना कम खाने ।
- मनतातो पानी पिउने ।