१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ कार्तिक ३ आइतबार १२:४०:००
Read Time : < 1 मिनेट
समाचार

६ किलो चाँदीका गहनासहित एक पक्राउ

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३ आइतबार १२:४०:००

चाँदीका तयारी गरगहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका ३ दुर्गा मन्दिर चौकमा भारतबाट नेपाल आउँदै गरेका मोरंग रंगेली नगरपालिका ९ का २५ वर्षीय उमेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका विह्वकर्माको साथबाट तयारी ६ किलो चाँदीको गहना बरामद भएको प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले बताए । भारतबाट पैदल आउँदै गरेका विश्वकर्मालाई चेकजाँच गर्दा उनको साथबाट चाँदीको सानो ठूलो पाउजु ११२ थान, चाँदीको सिक्री ३१ थन, चाँदीको औठी ७२ थान, चाँदीको बाला १२ थान, चाँदीको पायलमा लगाउने घुङरु ५० थान, ब्रास्लेट १ थान, खुट्टाको औंलामा लगाउने विच्छी (ठेसा) ७ थान, चाँदीको गोलो दाना (बुनिया) १ पोका बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त गहनाको मूल्य दुई लाख ७४ हजार चार सय ३० रुपैयाँ र तौल ६ किलो तीन सय ९५ ग्राम रहेको उनले बताए । पक्राउ परेका विश्वकर्मालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।