१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आज पनि प्रतितोला ६ सयले बढ्याे सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४७:oo

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा रु. ६ सयले वृद्धि भएको छ।

आइतबार प्रतितोला रु. एक लाख ३५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३६ हजार दुई सय कायम भएको छ।

तेजाबी सुन तोलामा रु. एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ। आइतबार तेजाबी सुन तोलामा रु. एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार तोलामा रु. एक हजार ६ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार ६ सय ८५ निर्धारण भएको छ। 
 

ad
ad