मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २७ शनिबार
  • Saturday, 12 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ २७ शनिबार २३:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद

कप्तानीमा फर्किएको प्रतियोगितामा सन्दीपलाई दोहोरो सफलता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ २७ शनिबार २३:५५:oo

राष्ट्रिय क्रिकेट टीमको कप्तानमा फर्किएको प्रतियोगिता एसिसी प्रिमियर कम सन्दीप लामिछानेका लागि अविस्मरणीय रह्यो। प्रतियोगितामा उनले दोहोरो सफलता हात पारे। 

पहिलो, प्रतियोगिताको च्याम्पियन बन्दै उनले टिमलाई दोस्रो पटक एसिया कपमा पुर्याए। कपको फाइनलमा शनिबार यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल एसिया कप २०२७ का लागि छनोट भएको हो। आगामी वर्ष बंगलादेशमा हुने एसिया कपमा नेपाल सहभागी हुनेछ। जसमा आयोजक बंगलादेशसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता सहभागी छन्। 

प्रतियोगितामा सन्दीपले व्यक्तिगत उपलब्धि पनि हासिल गरे। उनी प्लेअर अफ द सिरिज बने। प्रतियोगितामा उनले सर्वाधिक १७ विकेट लिए। 

त्यसो त उनको कप्तानी भूमिकाको पनि प्रशंसा भइरहेको छ। शनिबारको फाइनल खेलमा उनले आफ्नो नेतृत्वदायी क्षमता देखाए।

सुरुमा ब्याटीङ गरेर नेपालले ३१४ रनको लक्ष्य दिए पनि ढुक्क हुने अवस्था थिएन । किनकी वायुमासको क्रिकेट ओभल  ब्याटीङ पिच थियो । 

जवाफी ब्याटीङमा यूएईका ब्याटरले आक्रामक रुपमा खेलिरहेका थिए। खासगरी फाष्ट बलर करण केसीविरुद्ध यूएईका ओपनरले तनिस पुरीले चौका र छक्का प्रहार गरिरहेका थिए। तर पनि सन्दीपले करणलाई विश्वास गरेर निरन्तर बलिङमा राखे। अन्ततः ४.६ ओभरमा उनै करणले खतरनाक देखिएका सुरीलाई आउट गराए। त्यसपछि नेपाल खेलमा फर्किएको थियो। मिडल ओभरमा राम्रो साझेदारी गरेर यूएइले नेपाललाई चुनौती दिइरहेको थियो। तर, किफायती बलिङ र उत्कृष्ट फिल्डिङको मद्दतमा नेपालले जित हात पार्याे। खेलमा नेपाली खेलाडीले उत्कृष्ट क्याचहरु लिएका थिए। 

यही प्रतियोगिताबाट नेपाल क्रिकेट संघले रोहित पौडेलको ठाउँमा सन्दीपलाई कप्तान बनाएको थियो। पहिलो प्रतियोगितामा सन्दीपले आफुलाई प्रमाणित गरेका छन्।