मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २६ शुक्रबार
  • Saturday, 12 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ २६ शुक्रबार १२:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२६ सयमा ग्यास बिक्री गर्ने डिलरलाई वाणिज्य विभागले तिरायो तीन लाख जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ २६ शुक्रबार १२:o६:oo

उपभोक्तालाई प्रतिसिलिन्डर दुई हजार ६ सय रुपैयाँमा ग्यास बिक्री गर्ने काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६, चखडोलको अनिल किराना पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।

सरकारले तोकेको दुई हजार ६० रुपैयाँ र उद्योगीले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च जोडेर निर्धारण गरेको दुई हजार १०६५ रुपैयाँ ३८ पैसाभन्दा बढी मूल्य लिएको पाएपछि कारबाही गरेको विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा तोकिएभन्दा बढी मूल्य लिए तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था भएकाले अधिकतम सीमामा पुगेर कारबाही गरेको विभागले जनाएको छ ।

विभागको निर्देशक अनिल किराँतीले ग्यासको बढी मूल्य लिएको पाइए कठोर भएर कारबाही गर्ने बताए । ‘अहिले हामीले ग्यासको मूल्य नियन्त्रणका लागि दैनिक चार–पाँच टोली अनुगमनमा खटाइरहेका छौँ । बढी मूल्य लिएर बिक्री गरेको पाइए ऐनअनुसार कठोर कारबाही गर्नेछौँ,’ उनले भने, ‘उपभोक्ताहरूलाई पनि ठोस प्रमाणसहित उजुरी दिन अनुरोध गर्दछु ।’

कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास बोकेका बुलेटहरू धादिङ, काठमाडौं र काभ्रेका उद्योगसम्म आउन सकेका छैनन् । जसकारण तराईका उद्योगमा ग्यास भरेर काठमाडौंका लागि ट्रकमार्फत सिलिन्डर ल्याउने गरिएको छ । तर, यसरी ट्रकबाट ल्याउँदा ढुवानी खर्च बढेको भन्दै मनपरी ग्यासको भाउ तोकेर उपभोक्ताबाट असुल गर्न थालिएको छ ।