मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २६ शुक्रबार
  • Saturday, 12 September, 2026
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ २६ शुक्रबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्यास अभावको विरोधमा विद्यार्थी संगठनले गरे निगमको मुख्यालय घेराउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ २६ शुक्रबार १७:२४:oo

खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन्। निगमले ग्यासको मूल्य बढाएर पनि बजारमा सहज रूपमा उपलब्ध गराउन नसकेपछि विद्यार्थीले निगमको मुख्यालयअगाडि प्रदर्शन गरेका हुन्।

विद्यार्थीले ‘घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन’, ‘गरिबको चमेली ग्यास दिने कोही छैन’, ‘ग्यास पाउने ग्यारेन्टी गर, नत्र कुर्सी खाली गर’जस्ता नारा लगाउँदै थाल र खाली सिलिन्डर प्रदर्शन गरेका थिए।

ग्यासको चरम अभाव निरन्तर भइरहेपछि आलोचना भइरहँदा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार मात्र राजीनामा दिइन्। उनले बुधबार संसदीय समितिमा दिएको विवादास्पद अभिव्यक्तिका कारण राजीनामा दिएकी थिइन्।