मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २४ बुधबार
  • Saturday, 12 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ २४ बुधबार २२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१४ लाख धरौटीमा छुटिन् उपासना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ २४ बुधबार २२:१२:oo

हिमालयन रि-इन्स्योरेन्सकी पूर्वप्रमुख कार्यकारी अधिकृत उपासना पौडेल १४ लाख धरौटीमा छुटेकी छिन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी बिमासम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। बुधबार जिल्ला अदालत, काठमाडौंले उनीसँग धरौटी माग गरेको हो।

ट्रस्ट इन्स्योरेन्स ब्रोकर नामक कागजी कम्पनी खडा गरी हिमालयन रि-इन्योरेन्सको तीन करोड ८२ लाख हिनामिना गरेको अभियोगमा उनीसहित आठजनाविरुद्ध मुद्दा दायर भएको थियाे। विभिन्न बिमा कम्पनीबाट आएका व्यवसाय ट्रस्ट इन्स्योरेन्स ब्रोकरमाथि आएको देखाएर सो कम्पनीको नाममा कमिसन भुक्तानी गरी हिनामिना भएको आरोप छ।

यसमा व्यवसायी सुलभ अग्रवाललाई पनि प्रतिवादी बनाइएको छ। उनी सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामै छन्।