मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २६ शुक्रबार
  • Saturday, 12 September, 2026
२o८३ भदौ २६ शुक्रबार o९:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा भरतपुरमा चालकको जलेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ २६ शुक्रबार o९:३o:oo

चितवनको भरतपुर महानगरपालिका– ९, वसन्तचोक गोन्द्राङमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । आगलागीमा कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ । कारभित्र भेटिएको शवको पहिचान खुल्न बाँकी रहेको चितवन प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ बजे बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्भिस लेनमा गुडिरहेको अवस्थामा कारमा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त भएपछि घटनास्थलमा प्रहरी टोली पुगेको थियो । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एकजना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए ।

शरीर पूर्ण रूपमा जलेका कारण मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार मृतक कारका चालक हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि त्यसको पुष्टि हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आगलागीको कारणसमेत तत्काल खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।