१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार १०:००:००
Read Time : < 1 मिनेट
नयाँCity

काठमाडौं शीतल छ : बेनिशा हमाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार १०:००:००

मलाई काठमाडौंको मौसम मन पर्छ । म चितवनकी हुँ । त्यहाँ अहिले धेरै गर्मी छ । चितवनको तुलनामा काठमाडौं धेरै शीतल छ । बाहिर हिँड्न गर्मी भए पनि कोठामा, अफिसमा 
एकछिन बसेपछि शीतल भइहाल्छ । चिसो हावा चल्छ । 

ठूलो सहर भएकाले बजार पनि ठूलो छ । आफूले खोजेको सामान पाइन्छ । सबैभन्दा महत्वपूर्ण भनेको आफ्नो आयस्रोतअनुसारको सामान पाउनु हो । सम्पन्नहरूले चाहने सामान पनि पाइन्छ भने एकदमै न्यून आयस्रोत भएकाहरूका लागि पनि सामान पाइन्छ । यो काठमाडौंको सकारात्मक पक्ष हो । 

म चितवनकी हुँ । त्यहाँ अहिले धेरै गर्मी छ । चितवनको तुलनामा काठमाडौं धेरै शीतल छ । बाहिर हिँड्न गर्मी भए पनि कोठामा, अफिसमा एकछिन बसेपछि शीतल भइहाल्छ । चिसो हावा चल्छ । 

यहाँ अन्य सुविधासँगै क्लबको पनि सुविधा छ । आफूलाई अल्छी लागेका वेला फ्रेस हुन क्लब जान सकिन्छ । क्लब नजानेका लागि पनि अप्सन छ । पार्कहरू छन् । सुविधासम्पन्न सिनेमाहल छन् । हाइकिङ जानेहरूका लागि नजिकै पर्याप्त हाइकिङ ट्रेलहरू छन् ।