2024-04-23-02-21-38.jpeg)
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि संघीय राजधानी काठमाडौं सिँगारिएको छ। कतारका अतिविशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल–ब्यानरसहित चिटिक्क पारिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तिनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ।
काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो। विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ।
स्वागतद्वारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अंकित ब्यानर राखिएको छ। उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ। उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अंकित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ।
हेर्नुहाेस् तस्बिरहरू :