बाढीपीडितको सम्झनामा ह्वाइट गुम्बामा विशेष प्रार्थना [तस्बिरहरू]

शुक्रबार, २७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिको कामना गर्दै काठमाडौंमा जारी ११औँ वार्षिक ड्रुक्पा काउन्सिलको पहिलो दिन विशेष प्रार्थना गरिएको छ।

शुक्रबारदेखि काठमाडौंको ड्रुक अमिताभा गुम्बा (ह्वाइट गुम्बा)मा सुरु काउन्सिलमा मृतकको सम्झना तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै प्रार्थना गरिएको हो।

‘करुणा, समानता र सम्मानका साथ विश्वव्यापी अनिश्चितताको सामना’ भन्ने नारासहित १३ देखि १७ नोभेम्बर (२७ कात्तिकदेखि १ मंसिर)सम्म काउन्सिल सञ्चालन हुनेछ। सन् २००९ मा ग्यालवाङ ड्रुक्पाद्वारा स्थापना गरिएको यस काउन्सिलमा विश्वका विभिन्न देशबाट आध्यात्मिक गुरु, प्रतिनिधि, विद्यार्थी तथा अनुयायीहरूको सहभागिता छ।

यस वर्षको काउन्सिलमा जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण, विपत् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल हुँदै छ। विशेषगरी नेपालमा पछिल्ला वर्षहरूमा बाढी तथा अन्य प्राकृतिक विपतबाट भएको क्षतिका सन्दर्भमा बौद्ध दर्शन र जलवायु विज्ञानको माध्यमबाट हिमाली समुदायको संरक्षण गर्न सकिने उपायबारे छलफल हुनेछ।

हेर्नुस् तस्बिरहरू :

null

null

null

null

null

null

null

null

null

सुझावित समाचार