१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८१ बैशाख २४ सोमबार o६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भन्सारमा थन्किएको एक वर्षपछि चिनियाँ मल काठमाडौंमा

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o४:oo

गत वर्ष वैशाखमा चीनबाट आयात गरी तातोपानी भन्सारमा थन्किएको रासायनिक मल बल्ल काठमाडौं पठाउन सुरु गरिएको छ । कृषि सामग्री कम्पनीले ठेक्कामा दिएको सात लाख ३५ हजार बोरा मल गत साताबाट पठाउन सुरु गरिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिए । गोदाममा रहेको ३५ सय टन मलमध्ये १२ सय टन काठमाडाैं पुगेको र २३ सय टन जाने क्रममा रहेको उनले बताए । 

तातोपानी भन्सार कार्यालयका अनुसार एक सय ११ कन्टेनरबाट ०८० को वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल भन्सार यार्डभित्र गोदाममा थन्किएको थियो । रासायनिक मल गोदाममा थन्किँदा अन्य सामान लोड–अनलोड गर्न कठिनाइ परेको थियो । भूकम्पपछि तातोपानी नाकामा काम गर्दै आएको सिल्क कम्पनीअन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो ।

सिल्क मार्केट प्रालिले कृषि सामग्री कम्पनी लिमिटेडबाट आर्थिक वर्ष ०७/८० मा मल आयात गर्ने ठेक्का पाएको थियो । तर, सम्झौताअनुसार सिल्क मार्केटले तोकिएको समयमा मल आयात गर्न नसकेपछि कृषि सामग्री कम्पनीले लिन मानेन । कम्पनीसँग भएको सम्झौताअनुसार मल बिक्री नभएपछि सिल्क मार्केटले भन्सारमै मल गोदाम गरेर कम्पनीसँग छलफल गरिरहेको थियो ।

सिल्क मार्केेट र कृषि सामग्री कम्पनीबीच मूल्यमा सहमति भएपछि बल्ल मल काठमाडौं पठाउन थालिएको हो । कृषि सामग्री कम्पनीका प्रबन्धक निर्देशक विष्णुप्रसाद पोखरेलले मल ल्याउने समय आगामी १५ जेठसम्म रहेको हुँदा त्यतिवेलासम्म नल्याए कारबाही गर्ने बताए । उनले भने, ‘रोकिएको मल ल्याउने सम्झौता भइसकेको छ, नल्याएमा हामी म्याद सकिएको भोलिपल्ट कारबाही गर्छौँ ।’

ad
ad