१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दिनेश र भुवन शीर्ष स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२३:oo

दिनेश प्रजापति र भुवन नगरकोटी सूर्य नेपाल काठमाडौं ओपन प्रतियोगिताको दोस्रो दिन बुधबार संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । दुवै खेलाडीले समग्रमा २ अन्डर १३४ स्कोर गरेका छन् । ३६ होलको समाप्तिसम्म दिनेश र भुवनले रवि खड्कालाई दुई स्ट्रोकले पछि पारेका छन् ।

दिनेशले ४ अन्डर ६४ स्कोर र भुवनले २ अन्डर ६६ को स्कोर गरेका थिए । समग्रमा इभन पार १३६ स्कोरका साथ रवि तेस्रो स्थानमा छन् । उनले १ अन्डर ६७ को स्कोर गरेका थिए । समग्रमा १ ओभर १३७ स्कोरसहित रामे मगर, नीरज तामाङ र भुवनकुमार रोका संयुक्त रूपमा चौथो स्थानमा छन् । रामेले ४ अन्डर ६४ को उत्कृष्ट स्कोर गरे । जयराम श्रेष्ठ र सञ्जय लामा संयुक्त रूपमा सातौँ स्थानमा छन् ।

प्रोफेसनल कार्ड लिएपछि पहिलोपटक घरेलु टुर खेलिरहेका सुवास तामाङ नवौँ स्थानमा छन् । उनले समग्रमा ३ ओभर १३९ को स्कोर गरेका छन् । प्रतियोगिताको दोस्रो दिन ३६ होलसम्म १७ ओभर १५३ स्कोर गर्ने २२ प्रोफेसनल र ४ एमेच्योर गरी २६ गल्फरले कट बनाएका छन् । प्रोफेसनलतर्फ तोरणविक्रम शाही, टंकबहादुर कार्की, प्रदीपकुमार लामा, कृष्णमान राजवाहक, टासी घले, भीमसेन चौलागाईं, वसन्तराज गुरुङ, रामकृष्ण श्रेष्ठ, पशुपति शर्मा, भुबहादुर गुरुङ र किसनकालीराज सुनारले अन्तिम ३६ होलका लागि स्थान बनाएका छन् । 
 

ad
ad